बेरोजगार युवालाई ६५ दिने स्वरोजगार तालिम

दाङ– बेरोजगार युवालाई रोजगार बनाउन सरकारको खर्चमा दाङमा ६५ दिने स्वरोजगार तालिम दिन सुरु भएको छ।
राप्ती प्राविधिक शिक्षालयले लालमटीयाले २० जना युवालाई आल्मुनियम फेब्रिकेटर तह–१ तालिम दिन थालेको हो। बिहिबार दुउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गरे। उनले बेरोजगार युवालाई स्वरोजगार बनाउन तालिम राम्रो अवसर हुने बताए।
राप्ती प्राविधिक शिक्षालयका उपप्रमुख कुलराज चौधरीले सीपयुक्त जनशक्ति तयार पार्न सरकारी क्षेत्रबाट विभिन्न तालिमहरु सञ्चालन हुन थालेको जानकारी दिए। तालिमको प्रशिक्षण मेकानिकल्स ओभर्सिज रामचन्द्र चौधरी रहेका छन्।