हावाहुरी प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर

वीरगञ्ज– हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिका वडा नम्बर ६ भरवलिया र पुरैनिया टोलमा शुक्रबार वीरगञ्जमा रहेको एल.एस.न्यूरो एण्ड जेनरल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण गरेको छ।

शिविरमा हावाहुरीबाट प्रभावित २ सय ५० भन्दा बढीलाई चेकजाँच गर्नुको साथै निःशुल्क औषधी समेत वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख सुनील पटेलले बताए।

अस्पतालको टोलीले हावाहुरीबाट पिडितहरुलाई राहत स्वरुप चाउचाउ,पिउने पानी,सेनेटरी प्याड, झुल लगायतका सामाग्रीहरु वितरण गरेको थियो।

चैत २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्