बोइङ ७३७ विमानको निर्माणमा कटाैती

अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गले बोइङ्ग ७३७ संस्करणका विमानको निर्माण तत्कालका लागि कम गर्ने भएको छ ।

गएको मार्चमा इथियोपिया तथा ६ महिनाअघि अक्टोबरमा इन्डोनेसियामा बोइङ्ग ७३७ म्याक्स एट विमान दुर्घटनामा १५७ र १८९ गरि ३४६ जनाको ज्यान गएपछि बोइङ्गले तत्कालका लागि ७३७ एयरलाइनर विमान निर्माण कम गर्ने भएको हो ।

महिनामा ५२ वटा विमान बनाउँदै आएकोमा अप्रिलको मध्यदेखि यसलाई घटाएर ४२ बनाइने बोइङले जनाएको छ । दुई दुर्घटनामा संलग्न ७३७ म्याक्सको व्यापार बन्द भएपछि बोइङले ७३७ लाइनरको उत्पादन नै कम गर्ने निर्णय गरेको हो ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि विश्वभर रहेका बोइङ्ग ७३७ म्याक्स एट विमान ग्राउण्डेड भएका छन् ।

चैत २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्