झापामा चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ – झापामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी निवासी ४० वर्षका प्रकाश राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

चट्याङ लागेरै मृतक राउतकी श्रीमती ३५ वर्षकी सुनिता राउत र उनका भाउजु ३६ वर्षकी मञ्जु राउत घाइते भएका छन्। दुवैको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ।

शनिबार बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनैजना गम्भिर घाइते भएका थिए ।

घाइते तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल लगिएको र प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताए।

चैत २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्