उपाधि होडमा रहेको टिममाथि ५–० को शानदार जित

उपाधि होडमा रहेको टिम बोरुसिया डर्टमुण्डमाथि शानदार जित दर्ता गर्दै बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्यनले बोरुसियामाथि ५–० को जित निकालेको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा हुम्मेल्स, मार्टिनेज एगुइनागा र ग्नाब्रीले एक एक गोल गरे ।

पहिलो हाफमा नै चार गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । जितपछि शीर्षस्थानमा पुगेको बार्यनको २८ खेलबाट ६४ अंक भएको छ । दोस्रो स्थानमा झरेको बोरुसियाको एक अंक कम छ ।

चैत २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्