गैँडा मार्न गएकालाई हात्तीले मार्‍यो, त्यसपछि सिंहले खायो

दक्षिण अफ्रिकाको राष्ट्रिय निकुञ्जमा गैँडाको चोरी शिकार गर्न गएका तस्करलाई हात्तीले आक्रमण गरि मारेको छ र सिंहले खाएको छ ।

स्थानीय प्रहरीका अनुसार दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा गैँडाको शिकार गर्न गएका तस्करलाई हात्तीले आक्रमण गरि मारेको हो । त्यसपछि शिकारीलाई सिंहले खाएको प्रहरीले बताएको छ ।

प्रहरी ब्रिगेडिएर लियोनार्ड ह्लाट्थीले तस्करको समूह अप्रिल १ मा गैँडाको खोजीमा राष्ट्रिय निकुञ्ज भित्र गएको र हात्तीले आक्रमण गरि एकजनालाई मारेको बताए । सँगै गएकाहरुले ती व्यक्तिको शव बाटोमा ल्याएका थिए तर बिहानै कोही पनि नभेटिएपछि शव त्यहिँ छोडेर उनीहरु भागेको प्रहरीले उनीहरुको भनाई उद्धृत गर्दै बताएको छ ।

बाँच्न सफल भएकाहरुले मरेका व्यक्तिको परिवारलाई घटनाबारे जानकारी गराएको र त्यसपछि मृतकको परिवारले प्रहरीलाई खबर गरेको ह्लाट्थीले बताए । वनमा रेन्जरले शवको खोजी गरे स्थल र हवाई माध्यमबाट ।

रेन्जर र प्रहरीको समूह अप्रिल चारमा फर्कियो, उनीहरुले मृत व्यक्तिको शरीरका बाँकी अंगहरु निकुञ्जको क्रोकोडायल ब्रिज क्षेत्रमा फेला पारेका थिए ।

घटनास्थलको प्रकृति हेर्दा ती व्यक्तिलाई सिंहको समूहले खाएको पुष्टि हुने निकुञ्जका जनरल म्यानेजर अफ कम्युनिकेशन इसाक फाह्लाले बताएका छन् । सिंहले ती व्यक्तिको खप्पर र लुगा मात्रै बाँकी छोडेका थिए । २६ देखि ३५ वर्ष उमेरका तीन व्यक्ति पक्राउ परेका छन् ।

चैत २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्