हावाहुरीमा ज्यान गुमाएकाको स्मृतिमा प्रदेश २ मा चैत ३० गते शोक मनाइने

काठमाडौँ – यहि चैत १७ गते बेलुका प्रदेश नम्बर २ का बारा र पर्सामा अचानक आएका हावाहुरीमा परि ज्यान गुमाएकाको सम्झनामा प्रदेश सरकारले एक दिन शोक मनाउने भएको छ ।

प्रदेश २ सरकारले यहि चैत ३० गते शोक मनाउने घोषणा गरेको हो । प्रदेश २ मन्त्रिपरिषदको आइतबारको बैठकले ज्यान गुमाएकाको १३ औँ पुण्य तिथि पारेर चैत ३० गते प्रदेश २ का ८ जिल्लामा शोक मनाउने निर्णय गरेको हो ।

सो दिन बिहान ११ बजे दुई मिनेट मौन धारण गर्न आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षकलगायतसँग प्रदेश २ सरकारले आह्वान गरेको छ ।

बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । टोर्नाडो भनिएको हावाहुरीका कारण बारा र पर्सामा गरि २९ जनाको ज्यान गएको थियो ।

चैत २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्