हुवावेले ल्‍यायो ह्वावे पी ३० सिरिज स्मार्टफोनहरु

काठमाण्डौँ-बहुप्रतीक्षित ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपाली बजमारमा आएको छ।याक एण्ड यतिमा आयोजना गरिएको एउटा भव्य समारोहका माझ ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक गरिएको हो।

कम्पनीले उक्त स्मार्टफोनहरु नेपाली बजारमा चैत्र २९ बाट विक्री गर्ने जनाएको छ, जसमा ह्वावे पी ३० प्रो को मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ राखिएको छ। त्यस्तै ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ । अग्रीम बुकिङ भने चैत्र २७ बुधबार सम्म गर्न सकिनेछ।

ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक, र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ।

 

ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ। यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ। यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३० र ह्वावे पी ३० प्रो मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ।

ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूलाई आफू वरपर सुन्दरता कैद गर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्ने निश्चित छ ।

डीएक्सओ मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको ह्वावे पी ३० प्रो मा नया लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै ह्वावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ।

ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूलाई आफू वरपर सुन्दरता कैद गर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्ने निश्चित छ।
आरवाईवाईबी ह्वावे सुपरस्पेक्ट्रम सेन्सर परम्परागत आरजीजीबी बेयर फिल्टर भन्दा फरक छ।यसमा ग्रीन पिक्सलको स्थानमा पहेँलो पिक्सल रहेको ५ भने ह्वावे पी ३० प्रो ले आइएसओ रेटिङमा सबैभन्दा धेरै ४०,९६,०० र ह्वावे पी ३० ले २०,४८,०० पाएको छ।

ह्वावेको एआईएस, ओआइएस र ह्वावेको पी ३० प्रो को एफ÷१.६ ईन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभूत परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असमान्य अनुभव प्रदान गर्दछ र एकदमै कम उज्यालो वा जस्तोसुकै प्रकाशमा पनि स्पष्ट र प्रष्ट रंग वा पृष्ठभूमि भएका तस्वीरहरू खिच्दछ।

ह्वावेले ह्वावे वाच जिटी एक्टिभ ईडिसन र एलगेन्ट ईडिसन, ह्वावे फ्रिलेस वायसलेस इयसफोन, ह्वावे एक्स जेन्टलमोन्सटर आईवेयर पनि सार्वजनिक गरेको छ
नयाँ सुपरजुम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्दछ।

ह्वावे टिओएफ क्यामराले एक्युरेट इमेज दिनका लागि डेप्थ अफ फिल्ड इन्फोरमेसन कैद गर्दछ। ह्वावेको एआईले पर्फेक्ट तस्वीर दिनका लागि सघाउँछ। एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामरा संचालन गरी एकै चोटि खिचिएका तस्वीरहरुलाई राम्रो बनाउँछ।

ह्वावेको पी ३० सिरिजमा भएको स्मार्टफोटोग्राफीलाई सुपरस्पेक्ट्रम सेन्सरले कम प्रकाशमा पनि रातमा खिचिएका तस्वीरहरू उज्यालो र एकदम प्रष्ट आउँछ र यसले स्मार्ट भिडियोग्राफीको परिभाषालाई पुनः परिभाषित गरेको छ।

ह्वावेको डुअल भ्यू भिडियोले भिडियोले एउटै सिन वा मानिसको दुई वटा पर्सपेक्टिभ सटहरु खिच्न सघाउँछ।ह्वावेको एआईएस र ओआइएसले सबै भिडियो क्याप्चर सेटिङहरूका लागि भिडियो स्टेबलाइजेसजनलाई सपोर्ट गरी परफेक्ट सट दिन्छ।

यसका साथै सुपरजुम लेन्सले सटिक क्लोजअप तस्वीरहरू खिच्न मद्दत गर्छ भने एआई भिडियो एडिटरले स्पेशल इभेक्टहरू र ब्याकग्राउन्ड म्युजिक प्रदान गरी ह्वावे पी ३० सिरिजलाई मोबाइल प्रोडक्शन स्टुडियोमा परिणत गर्दछ।

चैत्र २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू