सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निस्सासिएर दुईको मृत्यु

नेपालगञ्ज-बाँकेको कोहलपुरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।

कोहलपुर–११, पिपलचौतारा नजिकका रामप्रसाद सिग्देलको घरमा रहेको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा रझेनाका कुमार थारु र चेतराम थारुको मृत्यु भएको हो।

सेफ्टी ट्यांकी सफा गर्न भित्र पसेका थारुद्वय लामो समयसम्म बाहिर नआएपछि हेर्दा मृत्यु भएको पाइएको इलाका प्रहरी कार्याल, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले बताए।

घटना अपरान्ह चार बजेतिरको हो। थारुद्वयको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।

चैत २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्