दुई जलविद्युत आयोजनाको सेयर वैशाख पहिलो साता खुल्ने

फाइल तस्बिर।

काठमाडौँ-सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलव ८ मेघावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलव ५ मेघावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि सेयर भर्न आदेवन खुला गरिएको जानकारी गराएको हो।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि सेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए । उनले जनताले तत्काल प्रतिफल पाउने भएकाले यी आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि दाबी गरेका छन्।

१५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको सेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन्। सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशुली बी जलविद्युत आयोजनाको सेयर आह्वान गरेको थिए ।

मन्त्री पुनले जनताले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अरव २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अरव २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

यसैबीच उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन्।

 

चैत २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्