च्याम्पियन्स लिग क्वाटरफाइनलमा म्यानचेस्टर सिटीमाथि टोटनह्यामको महत्वपूर्ण जित

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत मंगलबार राति भएको पहिलो लेगमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १-० ले हराएको हो ।

माउरिसिओ पोकेटिनोको टिमलाई जिताउन सन हेङ मिनले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा गोल रहित भएको खेलमा सनले दोस्रो हाफमा टिमका लागि विजयी गोल गरेका हुन् । ७८ औँ मिनेटमा उनले गोल गरेर टिमलाई जिताएका हुन् ।

प्रिमियर लिगमा उपाधि होडमा रहेको तथा लिग कपको उपाधि जितेको पेप गार्डिवलाको टिमले च्याम्पियन्स लिगको यात्रा कायम राख्नका लागि दोस्रो लेगमा राम्रो गर्नु पर्ने हुन्छ ।

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्