सुनको मूल्य तोलामा २ सयले घट्‍यो

सांकेतिक तस्बिर

काठमाडौं- बुधबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार १ सयमा कारेबार भइरहेको जनाएको छ।

यसअघि मंगलबार ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर ५९ हजार ८ सयले कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा १० रुपैयाँले बढेर ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्