काठमाडौं-चारैतिर ठुल्ठूला कंक्रिट विल्डिङ, विल्डिङको बीचमा खेत र खेतमा फलेका छन् हरिया सागसब्जी। किसानहरु कोही सागलाई मुठा पारिरहेका छन् भने कोही मोटरसाइकलमा राखेर शहरमा बेच्‍न लगिरहेका छन्।

पछिलो समय काठमाडौं उपत्यका कंक्रिटको शहर भए पनि भक्तपुरको बोडेमा भने अझै खेती योग्य जमिनमा किसानहरु खेती किसानीमा व्‍यस्त देखिन्छन्। उनीहरुलाई तरकारी र फलफूल खेतीले जीविकोपार्जन गर्नमा सजिलो भएको छ।

भक्तपुरको बोडेमा पुगेर देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामेरामा कैद गरेका तस्बिरहरु: