राष्ट्रिय अपाङ्ग महासंघमा मित्रलाल शर्मा निर्वाचित

मोरङ– राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अध्यक्षमा कपिलवस्तुका मित्रलाल शर्मा निर्वाचित भएका छन्। विराटनगरमा मंगलबार राती सम्पन्न आठौँ महाधिवेशनमा शर्मा ३ सय २७ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी गणेश बहादुर खत्री केसीले २ सय १५ मत प्राप्त गरेका थिए।

३८ सदस्यीय निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ३ सय १२ मत सहित रमेश लामा विजयी भएका छन्। उनको प्रतिद्वन्दी पदम परियार भने २ सय ४३ मतमा सिमीत भए। त्यसैगरि महिला खुलातर्फको उपाध्यक्षमा रमा ढकालले ३ सय १७ मत पाएकी थिइन्। उनलाई पछ्याएकी इन्द्रमाया गुरुङले भने २ सय ४४ मत पाइन्।

यस्तै महासचिवमा राजु बस्नेत र कोषाध्यक्षमा केपी अधिकारी निर्वाचित भए। महाधिवेशनले सचिवमा भावुकजंग थापा, केन्द्रीय सदस्यहरुमा सुगम भट्टराई, रमेश पोखरेल, सीता सुवेदी, रुपारानी राई, प्रतिमा लामा निर्वाचित भएका छन्।

त्यसैगरी तीन सदस्यीय अनुशासन आयोगको संयोजकमा टेकनाथ न्यौपाने, अनुशासन आयोग सदस्यमा कुमार पौडेल निर्वाचित भए। समावेशीतर्फका १३ जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भए।

जित हात पारेका अध्यक्ष शर्माले लोकतान्त्रिक अपाङ्ग संघका केसीलाई हराएका हुन्। आठौँ महाधिवेशनमा अध्यक्षसहित शर्माको पुरै प्यानल विजयी भएको छ।

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्