हावाहुरी पीडितलाई इक्यानले दियो ५ लाख

काठमाडौँ– बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आर्थिक सहयोग गरेको छ।

हावाहुरी पीडितलाई सहयोग गर्नका लागि इक्यानले संघका सदस्यहरु मार्फत संकलन गरेको ५ लाख २ हजार ५ सय ७६ रुपैयाँ सहयोग गरेको हो।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, माहासचिव शेषराज भट्टराई, सह–कोषाध्यक्ष निरुपमा महर्जन, सदस्य सुस्मा आचार्य र सुदन चौहानले सो रकम बराबरको चेक प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतलाई हस्तान्तरण गरेका छन्।इक्यानले पनि मुख्यमन्त्री राहत कोष मार्फत नै पीडितलाई सहयोग गरेको हो। इक्यानले देशमा आइपर्ने बिपतिमा सामाजिक उत्तरदायीत्व अन्तरगत यस अघि पनि सहयोग गर्दै आएको छ।

 

चैत २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्