सुनको मुल्य बढ्यो, चाँदीको स्थिर

सांकेतिक तस्बिर

काठमाडौँ – सुनको मूल्य बिहीबार तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको ६० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मुल्य ६० हजार एक सय रुपैयाँमा थियो।

यस्तै तेजावी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ५९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ । बिहीबार पनि चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

चैत २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्