मानसिक समस्या बढाएको भन्दै नेपालमा पब्जी खेल्न प्रतिबन्ध

काठमाडौं- बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा यसमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा प्रतिबन्ध लगाएको जानकारी दिए। उनले भने, ‘महानगरीय अपराध महााखामा अभिभावकहरुले धेरै गुनासो गरेकाले त्‍यहाँबाट पत्र आयो। सोही पत्रको व्‍यहोरा अनुसार हामीले इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल बन्द गर्न निर्देशनसहित पत्राचार गरेका हौ।’

उनका अनुसार बिहीबारबाटै पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोकिनेछ। यसका साथै सबै इन्टरनेट सेवा प्रदायकहरुले समेत पब्जी खेललाई प्रतिबन्ध गराउन निर्देशन दिइसकेको इन्टरनेट सेवा प्रदायक संघका अध्‍यक्ष भोजराज भट्टले देश सञ्‍चारलाई जानकारी दिए।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन्। यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ।

चैत्र २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू