पब्जी नेपालमा प्रतिबन्ध

पब्जीको लतले किशोरकिशोरीलाई गर्नुसम्म गरेको छ

काठमाडौ- पछिल्लो समय बालकालिका तथा किशोरकोशोरीहरु माझ लोकप्रिय र लत बनेको गेमको नाम हो पब्जी। पब्जी अर्थात प्लेयर्स अननोन्स् ब्‍याटल ग्राउण्ड।

यो अहिले नेपालमा मात्रै नभएर विश्‍वभरी नै लोकप्रिय छ।

एक प्रकारको भर्चुअल गेम जुन इन्टरनेटको माध्‍यमबाट खेल्न थालियो। खास गरी बालबालिका र किशोर-किशोरीहरु  यो गेम खेल्‍न एन्ड्रोइड मोबाइलमा धेरै समय भुलिन थाले। उनीहरुमा यसले यस्तो तल बसाइदियो- खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेल्‍ने लगायतको समस्‍या देखा पर्न थाल्‍यो। यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउन थाल्‍यो। यो गेम ब्याटल अर्थात् रणभूमि र त्यसमा हुने लडाइँसँग सम्बन्धित भएकाले पनि यसको नकारात्मक असर पर्न थाल्‍यो।

विश्व स्वास्थ्य संगठनका अनुसार जो बालबालिका मारकाटसँग सम्बन्धित खेल खेल्छन्, उनीहरूको विचार, सोचाइ र भावना पनि आक्रामक हुने गरेको छ। साथै अरूलाई सहयोग गर्ने भावनामा पनि कमी आउने उल्लेख छ।

यो गेम सन् २००० मा निर्मित जापानी चलचित्र ब्याटल रोयलमा आधारित छ। पब्जी गेम दक्षिण कोरियाको ब्लुहोला कम्पनीको सहायक कम्पनी पब्जी कर्पोरेसनले बनाएको हो। यसको पहिलो संस्करण विन्डोजमा प्रकाशित भएको थियो। त्‍यतिबेला यसले सफलता हासिल गर्न सकेन। तर जब पब्जी एन्ड्रोइड र आइओएसको मोबाइल भर्सनमा आयो, यसले संसार हल्लायो।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज हुँदा गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघ्‍यो। ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्‍न पुगे। यो गेमलाई विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्म सजिलै उपलब्ध हुन थाल्‍यो। तर यसले खासगरी बालकालिका र युवा किशोर किशोरीहरुलाई यतिसम्‍म लतमा तान्‍यो कि उसले आफ्नो दैनिक क्रियाकलाप नै बिर्सन थाल्‍यो।

पब्जी एउटा सुटर ब्याटल्स रोयल गेम हो। पब्जी गेममा १ सय जना खेलाडीलाई ब्याटल ग्राउन्डमा लड्न छाडिन्छ। उनीहरु सम्पूर्ण शक्ति लगाएर ब्याटलग्राउन्डमा लड्छन्।

यो लडाइमा जो अन्तिम समयसम्म बाँच्छ ऊ नै यस खेलको बिजेता हुन्छ। यसलाई प्लेस्टोरमा २० करोडभन्दा बढीले आफ्नो मोबाइलमा डाउनलोड गरिसकेका छन्। यो पब्जी मोबाइल, ल्यापटप डेस्कटप सबै प्लेटफर्ममा उपलब्ध छ।

पब्जी मोबाइल एन्ड्रोइड डिभाइसमा करिब १५ करोडभन्दा बढी पटक डाउनलोड भैसकेको छ। पब्जी खेल तयार पार्ने कम्पनीले आगामी दिनमा पनि नयाँ नयाँ अपडेट लिएर आउने घोषणा गरिसकेको छ।

हालै पब्जी लगातार ४५ दिन खेलेका एक युवकको मृत्यु भएको थियो। भारतको तेलंगाना राज्यका जगतेल जिल्लाका २० वर्षीय युवक सागरको लगातार पब्जी खेल्दा मृत्यु भएको थियो। छिमेकी मुलुक भारतमा पब्जी निकै लोकप्रिय अनलाइन गेम भए पनि मानसिक समस्या आएपछि भारत सरकारले पछि प्रतिबन्ध लगायो। नेपाल सरकारले यसको लतलाई लिएर बन्द गर्न बाध्‍य भएको छ।

 

पब्जीका नकारात्मक असर र प्रभावहरु


-यसको लतले समयको बर्बादी
-लगातार खेलिरहँदा स्वास्थ्यमा समस्या देखिने
-मानिसहरुलाई अल्छी बनाउनुका साथै सामाजिक जीवनमा असर
-परिवार र साथीसँग टाढिने स्थिति सृजना
-गेममा खेलेको कुरा वास्तविक जीवनमा प्रयोग गर्न खोज्दा जोखिमको सम्भावना

चैत २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्