मलेसियामा चार नेपाली पक्राउ

मलेसियामा चार जना नेपाली पक्राउ परेका छन्। तीन दिन पहिले दिउँसोको समयमा कुलाई नजिक काठका लाठिसहित देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यस लगतै उनीहरुलाई प्रहरीले पक्रेको हो।

पक्राउ परेका चारै जना पुरुष रहेको र उनीहरु २३ देखि २६ वर्षका रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

यसअघि मंगलबार अरु दुई जना नेपाली पक्राउ परेका थिए। पक्राउ परेका ६ जना नै आपराधिक गतिविधिमा संलग्न हुन सक्ने प्रहरीको शंका छ।

चैत २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्