सांकेतिक तस्बिर

काठमाडौँ –सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य ६० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलाको १० रुपैयाँले घटेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भएको थियो।

चैत २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्