मेलमिलाप आयोगमा नयाँ नियुक्तिमा ढिलाई नगर्न सरकारलाई सुझाव

काठमाडौ- सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा. माधवी भट्टले आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि ढिलाई नगर्न सरकारलाई सुझाव दिएका छन्।

चैत ३० गते सनिबारदेखि पदावधि सकिदै गर्दा शुक्रबार आयोग परिसरमा पत्रकार सम्मेलन गरि उनले आयोग पदाधिकारी विहिन हुदा संक्रमणकालिन न्यायका संयन्त्रहरु नै संक्रमणमा पर्ने भन्दै नया पदाधिकारी नियुक्तिलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका हुन।

आयोगमा रहेका पीडीतको उजुरीका फाईलको सुरक्षा र गोपनियताको प्रश्न बारम्बार उठिरहेका बेला आयोग पदाधिकारी विहिनको अवस्थामा पुगेको भन्दै उनले त्यसतर्फ गम्भीर बन्‍न आग्रह गरे।उनले पदाधिकारी नियुक्ति गर्दा योग्य, दक्ष र न्याय निरुपणको निर्णयमा खुट्टा नकमाउने व्यक्तित्व चयन गर्न पनि आग्रह गरे।

पदाधिकारी रिक्त भए लगत्तै आयोगमा दर्ता भएका ६२ हजार ९ सय ७० उजुरीको सुरक्षा र गोपनियतामा प्रश्‍न उठ्न सक्ने भन्दै उनले आयोगलाई लामो समय सम्म पदाधिकारी विहिन नबनाउन आग्रह गरे।

आयोग सदस्य भट्टले आयोगको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था राम्रो भएपनि प्रदेश कार्यालयहरुमा संयोजक लगायत अनुसन्धान अधिकारीहरुको समयावधि नथपिएकाले ती कार्यालयहरु निस्कृय भएको तथा प्रदेशहरुमा पठाईएका उजुरीहरुको सुरक्षा चुनौतिपुर्ण रहेको बताए।

उनले भने, ‘प्रदेशमा पठाईएका उजुरीहरु सबै केन्द्रीय कार्यालयमा फिर्ता ल्याईसकेका छैनन्। तसर्थ यी फाईलहरुलाई सुरक्षित गर्ने तर्फ सचिवालयलाई ध्यानाकर्षण गराउँदछु।”

नेपाल सरकारको २०७१ माघ २७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राज्यपक्ष र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको शसस्त्र द्धन्द्धको क्रममा भएका मानवअधिकारको गम्भीर उल्लघनका घटनाको सत्य तथ्य छानविन गरि कानुनी कारबाहीको सिफारिसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको थियो। आयोगले आफ्नो काम सम्पन्न गर्न नपाउदै यसका पदाधिकारीको समायावधि सकिएको हो।

वर्तमान पदाधिकारीहरुको समायावधि चैत मसान्तसम्म कायम रहने गरि सरकारले गत माघ २५ गते आयोगको ऐन संसोधन गरेपछि आयोगका पदाधिकारी कार्यसम्पन्न विना नै पदमुक्त भएका हुन्।

ऐन संसोधन भएलगत्तै आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले राजीनामा दिएका थिए। त्यस यता आयोग पुर्ण रुपमा निस्कृय रहेको थियो। विहिबारको पत्रकार सम्मेलनमा आयोगका अन्य सदस्य उपस्थित थिएनन्।

यसैबीच, सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्तिको सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ।

चैत २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्