कामना बैंकको निःशुल्क बीमा सहितको “खोलौ बैंक खाता अभियान”

काठमाडौँ– कामना सेवा विकास बैंकले “खोलौ बैंक खाता अभियान” बचत खाता सार्वजनिक गरेको छ।

वैशाख १ गतेदेखी लागु हुने उक्त बचत खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले एक सय नगद खातामा जम्मा गरिदिने साथै बैंकले आफ्नै खर्चमा सात लाख सम्मको दुर्घटना बीमा समेत गरीदिने जनाएको छ।

“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ विभिन्न बंैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६” अभियान अन्तरगत यो अभियान सुरु गरेको हो।

चैत्र २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्