त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बुटिक विमानस्थलमा परिणत हुने

काठमाडौं- सरकारले यही बैशाख एक गते त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ घोषणा गरी निमार्ण कार्यको थालनी गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर यही बैशाख १ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने औपचारिक घोषणा गरी निर्माण कार्यको सुभारम्भ गरेका हुन। त्यसका लागि आवश्यक तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० मा आयोजना हुने नेपाल भ्रमण वर्षलाई समेत सफल बनाउने गरी नेपालको कला, संस्कृति र ऐतिहासिकमा झल्कने गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने घोषणा गरेका थिए। सोही घोषणालाई साकार बनाउने गरी बुटिक विमानस्थल निर्माण कार्यको सुशारम्भ बैशाख १ गते एक कार्यक्रमकमा बीच प्रधानमन्त्री ओलीले गर्नु हुने पनि महाप्रबन्धक क्षेत्रीले बताए।

विमानस्थलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालीन योजनाहरु पनि तय गरेको छ । महाप्रबन्धक क्षेत्रीले अल्पकालीन योजना अन्तरगत विमानस्थलको सरसफाई, गमलामा पानी राख्ने, नेपालको संस्कृति झल्कने गरी सजावट गर्ने काम सुरु गरिएको पनि बताए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई हाल ७ करोड ५० लाख बजेट उपलब्ध गराएको छ। विमानस्थलका महाप्रबन्धक क्षेत्रीले बुटिक विमानस्थलका लागि ४५ करोड थप बजेट पनि विनियोजन भएको पनि जानकारी दिए।

एक वर्ष भित्र बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको सो विमानस्थलको भवनहरुको छानोपनि नेपाली कला र संस्कृति झल्कने खालको हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । सरकारले पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको छ। त्यसका लागि पर्यटकहरु भित्रयाउन विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको पनि महाप्रबन्धक क्षेत्रीले बताए।

चैत २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्