हाम्रै पालामा बालुवाटार बिक्री, समृद्ध देश !

हाम्रै पालामा
बालुवाटार बिक्री
समृद्ध देश !

पीठै बिक्छ त
उखान उल्टो भो कि !
सुखी नेपाली !

ए झण्डावाला !
हाम्रै करमा नाच्नू
ठगिनु हुन्न ।

डाडूपन्यू छ
दुइ तिहाइ भोज
गर्देऊ मोज!

प्लटिङ गर्न
आउॅदैछ अमिन
संघीयताको ।

भूमिसुधार?
गलत; सहि के त ?
भुॅडीसुधार ।

छिन्नभिन्न भो
निवास त्यो ललिता
हेर्छौ रमिता ।

यी राजाहरू!
विदेशी बोकी बुई
छोड्दिए भुइ ।

कस्ले फुक्छ खै !
आफ्नै बोलीले तर्से
उड्दैछ ‘ सातो’ !

श्यामशरण !
तर्साई रहन्छ यो
‘सीतासरण’ !

चैत्र २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्