आइपिएल २०१९

शिखर धवनको धमाकेदार प्रदर्शन, दिल्ली क्यापिटल्स विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

कोलकातामा भएको खेलमा दिल्लीले कोलाकाता नाइट राइडर्सलाई सात विकेटले हराएको हो । १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर पाँच बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो ।

दिल्लीको जितमा शिखर धवनले उत्कृष्ट प्रदर्शन गरे । उनले ६३ बलमा ११ चौका र दुई छक्काको सहयोगमा नटआउट ९७ रन बनाएका हुन् । यस्तै ऋषभ पन्तले ३१ बलमा ४६ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले सात विकेटको क्षतिमा १७८ रन बनायो । उसका लागि शुभमन गिलले ६५ तथा आन्द्रे रुसेलले ४५ रनको योगदान दिए ।

चैत्र ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू