मौसम : बिहानैदेखि बदली, दिनभर कताको मौसम कस्तो रहला?

फाइल तस्बिर

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि बदली भएको छ भने केही ठाउँमा बिहानै पानी पनि परेको थियो । काठमाडौँ उपत्यकासहित आसपासको क्षेत्र र देशको मध्य पहाडी इलाकामा दिनभर आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिनभरजसो आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

पश्चिम पहाडी क्षेत्रको मौसम भने सामान्यतया बदली रहने मौसमविदले बताएका छन् । केही ठाउँमा पानी पर्ने सम्भावना पनि छ । विशेष गरि तराई क्षेत्रमा अपराहन्नपछि हुरीबतास चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले सुझाव दिएका छन् ।

चैत ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्