नयाँ वर्षमा कहाँ जाने घुम्न?

काठमाडौँ – नयाँ वर्ष, नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व हो । नयाँ वर्षलाई मानिसहरुले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रुपमा पनि लिने गर्छन् ।

नयाँ वर्षमा पारिवाका सदस्य तथा साथीसंगीसँग घुम्न गएर रमाइलो गर्ने गर्दछन् । कोही परिवारसँगै बाहिर खाना खाएर मनाउँछन् भने कोही परिवार तथा साथीभाइहरुसँग घुम्न गएर । तर गन्तव्य कहाँ त?

नयाँ वर्षमा घुम्न लायक केही ठाउँहरुबारे यहाँ चर्चा गरिएको छ ।

भेडेटार


धनकुटा जिल्लामा पर्ने यो स्थान धरानबाट नजिक छ जुन घुम्नका लागि उपयुक्त स्थान हो। यस ठाँउमा पुग्नका लागि धरानबाट करिब १७ किलोमिटर दूरी पार गरे पुग्छ। भेडेटार समुन्द्री सतहबाट १ हजार ४ सय ३० मिटरको उचाईमा पर्छ।

नयाँ वर्षको सुरुवातसँगै तराईमा गर्मी बढ्छ। दिनप्रति दिन तापक्रम बढिरहन्छ। त्यस तापक्रमलाई छिचोलेर भडेटारको पहाडी हावापानीको आनन्द लिनुको मज्जा बेग्लै हुन्छ।

जलजला


लिबाङबाट हिँडेर जाने हो भने १ घन्टामा पुगिन्छ, जलजला। जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ। यो ठाँउ समुन्द्री सतहबाट ३ हजार १ सय ९३ मिटर उचाईमा छ।

जलजला प्राकृतिक, धार्मिक, सांस्कृतिक आकर्षणको गन्तव्य बनेको छ। रोल्पाको सदरमुकाम लिवाङवाट २४ कोष पूर्वको व्यापारिक केन्द्र सुलिचौरवाट २२ कोष उत्तरमा यो ठाउँ अवस्थित छ।

कन्याम


इलाम जिल्लामा रहेको कन्याम नाम सुन्दा नै आनन्द दिन्छ। त्यसमाथि लहलह चिया बगान, घुमाउरो बाटो र चिसो हावापानी। त्यस ठाँउको प्राकृतिक सुन्दरताले स्वर्गमा पुगेको अनुभूति हुनेछ।

चिसो बतास, मनोरम दृश्यले एकदमै आनन्द प्रदान गर्छ । त्यहाँ पुग्दा तराईको चर्को गर्मीलाई क्षण भरमै भुलिन्छ । कन्यामसम्म पुग्नलाई धेरै अप्ठ्यारो छैन। मेची राजमार्ग हुँदै सहजै कन्याममा पुग्न सकिन्छ ।

घान्द्रुक


अन्नपूर्ण पदमार्गको क्रममा भेट्ने रमणीय ठाँउ हो, घान्द्रुक। सुन्दर प्राकृतिक दृश्यहरु, ग्रामिण जनजीवनलाई नजिक बाट चिन्ने र उपभोग गर्नका लागि राम्रो विकल्प हो घान्द्रुक।

मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, ङयोवारह ताल यहाँका आकर्षणका केन्द्र्रबिन्दु हुन्। त्यस्तै घान्द्रुकबाट माछापुच्छे« र अन्नपूर्ण हिमालयलाई नजिकबाट नियाल्न सकिन्छ।

बन्दीपुर


तनहुँ जिल्लामा पर्ने बन्दीपुर तनहुँ, कास्की, लमजुङ र गोरखाको जक्सन पनि हो। नयाँ वर्षका लागि धेरै विदा लिएका खण्डमो यो ठाँउ उपयुक्त हुन्छ।

यस ठाँउमा नेवारी जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर पाउन सकिन्छ ।

बन्दीपुर वरपरका क्षेत्रमा मगर संस्कृतिको समेत अवलोकन गर्न पाइन्छ। हिमश्रृंखलाको दृश्य, ३ सय किलोमिटर फराकिलो क्षितिजमा फैएिको छ। यो दृश्यले कसको मन नलोभ्याउला र ? मुग्लिङबाट आधा घन्टाको दूरी पार गरेपछि डुमे्रबजार पुगिन्छ। त्यहाँबाट पिप्ले हुँदै बन्दीपुर पुग्न सकिन्छ।

दामन


मकवानपुर जिल्लामा पर्ने दामनमा विशेषगरी हिँउदमा हिँउ खेल्न जाने गरिन्छ। अहिले नयाँ वर्षसँगै गर्मी पनि बढिरहेको छ। नयाँ वर्षमा रमाइलो गर्न पनि गर्मी छल्न पायक पर्ने स्थान हो।

घुम्न आउनेहरुका लागि भनेर नै भ्यूटावर बनाएको छ। सगरमाथा लगायत हिम श्रृंखलाहरुको दृश्य हेर्दै रमाउनुको मज्जा बेग्लै हुन्छ र दामनको विशेषता भनेको यहाँबाट संसारकै १० हिमाल मध्ये ८ वटा हिमाल देख्न सकिन्छ। यस ठाँउमा पुगेपछि प्रकृतिको काखमा भएको अनुभूति हुनेछ।

नगरकोट


विशेषगरि काठमाडौँवासीका लागि गन्तव्य हुनसक्छ, नगरकोट। यो ठाँउमा जान लामो यात्रा गर्नु पर्दैन। काठमाडौँबाट जम्मा ३२ किलोमिटर उत्तरपूर्वी बाटो जाँदै नगरकोटको डाँडामा पुग्न सकिन्छ।

नगरकोटमा खान, बस्नको सुविधा छ। प्रयाप्त होटल तथा रिर्सोटहरु छन्। यातायातको पनि सुबिधा रहेको छ। प्राकृतिक सुन्दरता पनि त्यति नै राम्रो छ।

चैत्र ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू