सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन महालेखाकाे सुझाव

काठमाडौं– पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा समेत असर परेको छ। इन्टरनेटको सहज पहुँचले गर्दा सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेको छ।

भाइबर, फेसबुक, म्यासेन्जर, स्काइप, ह्वाट्स एप, वि च्याट, इमोजस्ता एप्लिकेशन नेपालमा सञ्चालन भइरहेका छन्। यस्ता एप्लिकेशन नेपालमा कर क्षेत्रभित्र पर्ने भएकाले सेवा प्रदान गर्दा कर नतिरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ।

सामाजिक सञ्जालका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीसमेत घटेको छ। नेपालको कर क्षेत्रभित्र पर्ने भए पनि सेवा प्रदान गर्दा सामाजिक सञ्जालले कर तिरेका छैनन्।

सामाजिक सञ्जालमा विज्ञापन तथा सूचनाको ‘बुस्ट’ गर्दा अत्यधिक मात्रामा रकमसमेत विदेशिने गरेको छ। अन्तर्राष्ट्रिय इ–कमर्श साइटबाट भएको व्यापार र विज्ञापनको माध्यमबाट पनि राज्यको ठूलो पैसा विदेशिएको छ। क्रेडिट कार्डलगायतका अन्तर्राष्ट्रिय विद्युतीय भुक्तानी माध्यम प्रयोग गरी हुने भुक्तानीबाट राज्यले कर लिन सकेको छैन।

‘महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन–२०७५’ अनुसार करको दायराभित्र पर्ने त्यस्ता क्षेत्रलाई तत्काल कर तिर्ने बनाउन र कानूनी व्यवस्था गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

चैत्र ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्