‘नेपाल भ्रमण वर्ष सन् २०२०’को सफ्ट लञ्चिङ

पोखराबाट भ्रमण वर्ष शुभारम्भः २० लाख पर्यटक भित्र्याउने उद्घोष

नेपाल भ्रमण वर्ष सन् २०२० को लोगो अनावरण गरिदैँ । तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार।

पोखरा – २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भ भएको छ । सफ्ट लञ्चिङ स्वरुप पोखराबाट भ्रमण वर्षको शुभारम्भ गरिएको हो । पर्यटनमार्फत आर्थिक समृद्धिको लक्ष्य प्राप्ति गर्न कार्यक्रममले महत्वपूर्ण भूमिका खेल्ने सरकारको योजना छ । यसअघि सन् १९९८ र २०११ लाई पर्यटन भ्रमण वर्ष मनाइसकेको नेपालले आउँदो २०२० लाई ‘लाइफ टाइम एक्सपेरियन्स’नारा सहित भ्रमण वर्षको उद्घोष गरेको हो ।

भ्रमण वर्षको शुभारम्भ पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटननै समृद्धिको सूचक भएको बताए । ‘पर्यटनलाई प्रदेश विकासको पहिलो सूचक सरकारको कार्यनीतिमै व्यवस्था गरिसकेका छौं,’ उनले भने, ‘संघीय सरकारको कार्यक्रम पोखराबाट शुभारम्भ गर्न पाउँदा उत्साहि छौं ।’

हवाई र सडक यातायातको तीव्रतर स्रोन्नती एवं विस्तारले पर्यटक आवागमनलाई बल पुग्ने विश्वास व्यक्त गरे । त्यससमयसम्म २० लाख पर्यटक भित्र्यान सबै किसिमका पूर्वाधार तयार गरिसक्नुपर्ने बाध्यता पनि भएकोले सरकारको जिम्मेवारी थपिएको मुख्यमन्त्री गुरुङले बताए ।

पर्यटन क्षेत्र पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने माध्यम भएको हुँदा सरकारको योजनालाई मात्रै कार्यक्रमको रुपमा नबुझ्न उनले आग्रह गरे । निजी क्षेत्रसँगको सहकार्यमा कार्यक्रमलाई सफल पारिने उनले सुनाए ।

विदेशी पर्यटकको नेपाल यात्रा उनीहरुले जीवनभर संस्मरण गर्न लायक बनाउन अतिथि देवो भवः भन्ने मूलमन्त्र सहित स्वागत गर्न भ्रमण वर्ष कार्यक्रम संयोजक सुरज वैद्यले अनुरोध गरे ।

‘पर्यटकले के चाहन्छन् भन्ने मूल कुरा हो,’ उनले भने, ‘नेचर, कल्चर र एडभन्चर सहितको बसाई बनाउन अब सम्पूर्ण पर्यटन सम्बद्ध नेपाली व्यवसायीले हातमा हात मिलाउनु पर्ने बेला आएको छ ।’ भ्रमण वर्षको व्यापक प्रचारका लागि केही दिन भित्रमा नै नेपाल, भारत र चिनका महिलाहरु संयुक्त रुपमा सगरमाथा आरोहण तयारी गरिरहेको उनले बताए । कार्यक्रम लक्षित नेपाल पर्यटन लगानी सम्मेलन पोखरामा नै गर्ने सम्भावना बढेको संयोजक वैद्यले जानकारी दिए ।

इभेन्टको रुपमा मात्र नभई समग्र पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारको योजना सफल पार्न निजी क्षेत्रको समेत उत्तिकै भूमिका रहेको उनले बताए ।

१२ लाख वर्षेनी भित्रिने पर्यटकको संख्या बढाएर २० लाख पु¥याउने लक्ष्य देशको राजश्व आम्दानीसँग पनि जोडिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले सुनाए ।

आगमनको प्रवेश बिन्दू त्रिभुवन विमानस्थलको स्तरोन्नतीको काम सुरु भइसकेको पर्यटन सचिवले जानकारी दिए । ‘बुटिक एयरपोर्टको रुपमा विकास गर्न प्रधानमन्त्रीको चासोमा काम सुरु गरिसकेका छौं,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थलको आगामी भदौमै परीक्षण उडान तयारी छ । त्यस्तै, निर्माणाधीन पोखरा विमानस्थललाई सयमै सम्पन्न गरी पर्यटक आवागमनलाई सहज बनाउने योजना छ ।’

सहज हवाई तथा सडक मार्गले नै पर्यटकलाई नेपाल भित्रिन प्रेरित गर्ने हुँदा पूर्वाधार निर्माणमा मन्त्रालयले कार्ययोजना अघि बढाइसकेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं भ्रमण वर्ष कार्यान्वय इकाई समिति सदस्य विप्लव पौडेलले पोखराबाट भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले पोखरेली पर्यटन व्यवसायीलाई उत्साहि बनाएको बताए । ‘पर्यटकलाई हँसिलो मुहारले स्वागत गर्दै भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रबाट सहयोग गरौं,’ उनले भने । पर्यटनको प्रबद्र्धन र व्यवसायको सम्बद्र्धन आफ्नो लक्ष्य रहेको सुनाउँदै पौडेलले भ्रमण वर्ष सरकारको योजना मात्रै नभई समग्र क्षेत्रकै गरिमा भएको उल्लेख गरे ।

 

चैत्र ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्