‘कठपुतली’ भन्दा मलाई केही चिन्ता छैन– आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट हिजो आज सफलताको झण्डा फहराइरहेकी छन्। बितेको केही समयमा आलियाले अभिनय गरेको एक पछि अर्को चलचित्र हिट भइरहेको छ। हाइवे, हम्टी शर्माकी दुल्हनिया, कपूर एण्ड सन्स, उड्ता पन्जाव, बदरिनाथकी दुल्हनियाँ, राजी अनि गली व्वाईमा उनको नाम गाढा गरेर लेखिइसकेको छ।

आलियाको बारेमा इन्डस्ट्रीमा कुरा हुने गर्छ, ‘करण जोहरको इच्छाबिना कुनै पनि चलचित्र अथवा कुनै पनि निर्णय आलियाले लिन्नन्।’
आलियाको उत्तर, ‘यो कुराले मलाई केही असर हुँदैन।’

‘हामी कसैलाई गुरु यो कारण मान्छौ किनभने उनीहरु हामीभन्दा उत्कृष्ट हुन्छन्। उनीहरु हामीभन्दा सधै अगाडि नै हुन्छन्।’ बीबीसीसँग कुराकानी गर्दै उनले भनिन्, ‘करणले मेरो क्षमता देखाउने पहिलो मौका दिएका हुन्। पहिलो मौका दिने व्यक्तिको लागि जहिले पनि इज्जत हुन्छ। मलाई ‘कठपुतली’ भनिन्छ भने यसमा कुनै पनि नराम्रो कुरा छ जस्तो लाग्दैन। मलाई यो कुराले केही असर पर्दैन।’

आलियाले ‘कठपुतली’ भनेर गुरुप्रति सम्मान प्रस्तुत हुन्छ भने आफुलाई केही समस्या नरहेको बताइन्।

पछिल्लो केही वर्षमा आलिया भट्टको सबैजसो चलचित्र हिट भएका छन्। तर पनि आलियालाई धेरैजस्तो एउटै निर्देशकसँग काम गरेको आरोप लाग्ने गर्छ।

आलिया भन्छिन्, ‘मेरो मनमा एउटै प्रश्न बारम्बार आइरहन्छ कि यस्तो किन भइरहेको छ। मलाई धेरैओटा निर्देशकहरुबाट कामको अफरहरु आइरहेका छन्। अनुहार मन परिरहेको छ भने पक्कै म केही राम्रो काम गरिरहेकी छु। ‘कठपुतली’ जस्तो शब्द मानिसलाई भड्काउनको लागि प्रयोग गरिन्छ र म यस्तो कुराले भड्किने छैन।’

कहिलेकाँही डिप्रेशन जस्तो महशुस हुन्छ

हिजो आज डिप्रेशन यस्तो रोग बनेको छ, जसको शिकार सर्वसाधरणमात्र होइन धेरै नाम चलेका स्टारहरु पनि भएका छन्।

बलिउडका हस्तिहरु, जसका लाखौँ फ्यान हुन्छन् । तर पनि उनीहरु एक्लो महशुस गर्छन्। दीपिका पादुकोणले आफ्नो डिप्रेशनको बारेमा कुराकानी गरिन्, अब यो बारेमा आलियाले पनि खुलेर कुरा गर्न थालेकी छन्।

‘एक समय यस्तो थियो जब म फरक-फरक अनुभूतिमा बाँच्थे। कहिले खुशी हुन्थेँ कहिले दु:खी। धेरै कोसिस गरे की म आफू भएर रहुँ। जब दु:खी हुन्थेँ तर कारण थाहा पाउँदिनथेँ ।’ आलियाले भनिन्, ‘आज पनि कहिलेकाँही डिप्रेशनजस्तो महशुस हुन्छ। तर यसको कारण थाहा पाउँदिन। जब तपाई भित्रैबाट टुटेको महशुस गर्नुहुन्छ। तब तपाईलाई महशुस हुन्छ की तपाई डिप्रेशनमा हुनुहुन्छ। यसलाई लुकाउन जरुरी छैन।’

‘हामीले स्वीकार गर्नुपर्छ की हामी डिप्रेशनमा छौँ र यसलाई लुकाउनको साटो आफ्नो परिवारलाई बताउँन जरुरी छ। आफ्नो साथीलाई बताउँन जरुरी छ। मेरो दिदीले यो अनुभव गरिसकेकी छन्।’

आलिया भन्छिन्, ‘मलाई डिप्रेशन भएको त होइन, किनभने मलाई यस्तो महशुस हुँदा साथीभाइसँग भेटघाट गर्छु परिवारसँग कुरा गर्छु, अनि मलाई राम्रो अनुभूति हुन्छ।’

आलिया भट्टको आउँदै गरेको चलचित्र ‘कलंक’ अहिले धेरै चर्चामा छ। यो चलचित्रमा आलियासँग सञ्जय दत्त, माधुरी दिक्षित, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर, वरुण धवन लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्