यो गीतले तोड्यो ग्याङ्नम स्टाइलको रेकर्ड

दक्षिण कोरियाली पप गीत व्याण्ड ‘व्ल्याक पिंक’ सबैभन्दा कम समयमा यूट्युबमा १० करोड भ्यूज कटाउने व्याण्ड बनेको छ। यो व्याण्डले विश्वमा चर्चा पाएको ग्याङनम स्टाइलका गायक ‘साई’ को रेकर्ड तोडेको छ।

ब्ल्याक  पिंकको ‘किल दिस लभ’ बोलको गीतले नयाँ रेकर्ड बनाएको हो। यो गीतले दुई दिन १४ घण्टामा ग्याङनम स्टाइलको गीतको रेकर्ड तोडेको हो। अपलोड भएको २४ घण्टामा यो गीतलाई ५६ दशमलव ७ लाख पल्ट हेरिएको थियो। यो गीतले एक दिनमा धेरै पल्ट हेरिएको रेकर्ड बनाएको ‘अरिना ग्राण्डे’ को गीत ‘थ्यांक्यू’ को पनि रेकर्ड तोडेको छ।

२४ घण्टा भित्रमा धेरै पल्ट हेरिएको गीतहरु

१) ब्ल्याकपिंक – किल दिस लभ, ५६.७ लाख
२) अरियाना ग्राण्डे – थ्याक्यू, नेक्स्ट, ५५.४ लाख
३) बिटियस – आइडल, ४५.९ लाख
४) टेलर स्विफ्ट – लुक व्हाट यू मेड मि डू, ४३.२ लाख
५) एमिनेम – किलशाट, ३८.१ लाख

सन् २०१६ मा बनेको ब्ल्याकपिंक व्याण्ड महिलाहरुको व्याण्ड हो। यसको सदस्य जिसू, जेनी, रोज र लिसा हुन्। यो व्याण्डले सेप्टेम्बर २०१६ मा ‘स्वायर वान’ नामको आफ्नो पहिलो एल्बम जारी गरेका थिए। यो एल्बमलाई कोरियामा धेरै नै रुचाइएको थियो।

सन् २०१८ सालमा आएको यो व्याण्डका गीत ‘डू–डू–डू–डू’ दक्षिण कोरियामा यूट्यूबमा सबैभन्दा धेरै पल्ट हेरिएको गीत भएको थियो।

‘किल दिस लभ’ गीतलाई व्याण्डले कोरियाली र अंग्रेजी भाषामा गाएका छन्। ४ अप्रिलमा अपलोड भएको गीतलाई समाचार राख्दासम्म १८ करोड ६५ लाख ८६ हजार भन्दा धेरै पल्ट हेरिईसकेको छ। नेपालमा यो गीत ट्रेण्डिङ नं ३६ मा आइपुगेको छ।

बैशाख १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्