आज पनि केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौँ – देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी भूभागमा सोमबार आंशिक देखि सामान्य बदली भएपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सोमबार राति पनि पूर्वी र मध्य पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

केही स्थानमा राति पानी पर्ने सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्