लोकसभा चुनावमा आलियाले भोट हाल्न नपाउने

भारत अहिले लोकसभाको चुनावको रंगमा रंगिएको छ। बलिउडका धेरै भन्दा धेरै स्टारका बच्चाहरु लोकसभा चुनाव २०१९ मा पहिलोपल्ट भोट गर्दैछन्। तर कलंककी अभिनेत्री आलिया भोट हाल्न पाउने छैनन्।

पासपोर्ट हो मुख्य कारण


इन्डिया टुडेसँग गरिएको एक अन्तर्वार्तामा आलियालाई यो प्रश्न सोधिएको थियो। उनले बताइन, ‘म भोट हाल्न पाउँदिन, यसको कारण पासपोर्ट हो। पछिल्लो लोकसभा चुनावको बेलामा पनि आलियालाई यस्तै प्रश्न गरिएको थियो। त्यतिबेला उनले दोहोरो नागरिकताको बारेमा कुरा गरेकी थिइन्, दोहोरो नागरिकता दिने प्रावधान भारतमा अहिलेसम्म बनिसकेको छैन। आलियासँग अहिले बेलायतको नागरिकता छ। आलियाकी आमा सोनी बेलायती नागरिक हुन्।

कलंक र ब्रम्हास्त्रमा देखिँदैछिन् आलिया

आलिया हिजो आज चलचित्र कलंकको प्रमोशनमा व्यस्त छिन्। यसपछि उनी रणवीर कपूर अमिताभ बच्चनसँग ‘ब्रम्हअस्त्र’ मा देखिदैछिन्।

 

View this post on Instagram

 

& it was all yellowwwww 🌞

A post shared by Alia 🌸 (@aliaabhatt) on

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्