तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा, एकजना पक्राउ

काठमाडौँ – कञ्चनपुरमा केही दिन अघि बेपत्ता भएका एक युवकको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएको घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायक चार दिनदेखि बेपत्ता छन् । उनको हत्या भएको आशंका गरिएको छ । कुकुरको सहायताले एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको छैन ।

रगत लतपतिएको टि–सर्ट सुँघेको कुकुर जता जता गयो त्यतै प्रहरी गइरहेको छ । बडायकले लगाउने गरेको टि–सर्ट गाउँ नजिकैको खेतमा रगतले लतपितएको अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रदर्शन सुरु गरेका छन् ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्