चलचित्र ‘भारत’ को फर्स्ट लुकमा सलमान खान देखिए ‘ह्याण्डसम वृद्ध’

बलिउडमा यस वर्षको  बहुप्रतिक्षित चलचित्र भारतको फर्स्ट लुक सार्वजनिक भएको छ। सन् २०१९ को प्रतिक्षित भारतको ट्रेलर २४ अप्रिलमा सार्वजनिक हुँदैछ। ठूलो बजेटमा बनेको चलचित्र भारतको सोमबार फर्स्ट लुक सार्वजनिक भएको छ।

पोस्टरमा सलमान खान ह्याण्डसम वृद्ध देखिएका छन्। उनको कपाल अनि जुँगा पनि स्टाइलिस देखिएको छ। उनले चश्मा लगाएका छन्। भारतको सन् १९४७ देखि अहिले सम्मको स्वतन्त्रताको यात्राको बारेमा चलचित्र भारतमा देखाइने छ। फस्ट लुकमा सन् २०१० लाई पनि गाढा अक्षरले लेखिएको छ।

सलमानले ट्वीटरमा फोटो पोस्ट गरेर लेखेका छन्, ‘जति सेतो मेरो कपाल अनि टाउको देखिएको छ, यो भन्दा धेरै रंगिन मेरो जिन्दगी छ।’ चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन्। चलचित्रमा सलमानसँग कटिरना क्याफ, तबु दिशा पाटनी, सुनिल ग्रोबर लगायतका कलाकारको भूमिका रहेको छ। चलचित्र इदमा प्रदर्शनमा आउँदै छ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्