मन्दिरमा पूजा गर्न गएका कांग्रेस नेता शशि थरुर लडेर घाइते , टाउकोमा ६ टाँका

एजेन्सी-भारतीय कांग्रेस नेता शशि थरुर केरलको तिरुअनन्तपुरमको एक मन्दिरमा पूजा गर्ने क्रममा लडेर घाइते भएका छन्।

पूजा गर्ने क्रममा लडेर घाइते भएका उनको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

उपचारका क्रममा उनको टाउकोमा ६ टाँका लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतमा जारी लोकसभा निर्वाचनमा थरुर केरलको तिरुवनन्‍तपुरमबाट उम्मेदवार छन्। उनी यस क्षेत्रबाट दुई पटक सांसद भइसकेका छन्।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्