खोलामा शव भेटियो, एक युवतीसहित केही व्यक्ति पक्राउ

काठमाडौँ – कञ्चनपुरमा केही दिन अघि बेपत्ता भएका युवकको शव फेला परेको छ । चार दिन देखि हराइरहेका कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायकको सोमबार शव भेटिएको हो ।

गाउँ नजिकैको खोलामा बडायकको शव फेला परेको प्रहरीले जनाएको छ । उनले लगाउने गरेको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि हत्या भएको आशंका गरिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक युवतीसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्