झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, चार जनाको मृत्यु

झारखण्ड-भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ।

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो।’दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ।

भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके-४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ।उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्