रोहिणी नदीमा सिंचाई आयोजना, फेवातालको शैलीमा पर्यटकीय स्थल बनाइने

बुटवल: रुपन्देहीको रोहिणी नदीमा देशकै नमूना जलभण्डारसहितको बहुउद्देश्यीय सिचाई आयोजना निर्माणको काम शुरु भएको छ।

झण्डै २ किलोमिटरम्म फैलिएको ड्याम सहितको सिचाई आयोजनाबाट सयौं हेक्टर जमीनमा सिंचाई गर्नुका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना छ ।

सिंचाईका लागि बनाईने तालमा पोखरा फेवातालको बीचमा रहेको बाराही मन्दिरकै शैलीमा मन्दिर बनाइने सिंचाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख टंक केसीले जानकारी दिए।

‘जहाँ डुंगा सञ्चालन गरेर मनोरम स्थल बनाउने योजना छ, उनले भने-यसले दोहोरो फाइदा हुने विश्वास लिएका छौं ’ सिंचाई मन्त्रालय अन्तरग झण्डै ३७ करोडमा आयोजना निर्माणको काम जारी छ । जहाँ ४ मिटर अग्लो ड्याम, १८ सय मिटर लम्बाईका दुई वटा नहर, पानी जम्मा हुँदा छेउछाउको बस्ती सुरक्षाका लागि तटबन्ध लगायतका काम हुने छन्।

अबको एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ६० प्रतिशत काम सकिएको सिचाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख केसीले बताए।

तिलोत्तामा नगरपालिकाको वडा नं. १० र ११ तथा देवदह नगरपालिकाको वडा न २ र ३ को भूभाग अन्तरगतको रोहिणी नदीमा आयोजना निर्माण भइरहेको छ।

आवश्यक बजेट नआएकाले काम गर्न असहज भएको भन्दै समयमै बजेट आए निर्धारित मितिमै आयोजना हस्तान्तरण गरिसक्ने केसीले बताए।

तत्काल १५ करोड बन्दा बढी बजेट आवश्यक परेको बेला सरकारले ८ लाख मात्र बजेट पठाएको छ। थप रकमका लागि अर्थ मन्त्रालयमा माग गरिएको र सकारात्मक जवाफ आएको प्रमुख केसीले बताए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू