६ हारपछि जित हात पारेका कोहलीको चुनौती : लगातार जित

Virat Kohli captain of Royal Challengers Bangalore reacts during match 28 of the Vivo Indian Premier League Season 12, 2019 between the Kings XI Punjab and the Royal Challengers Bangalore held at the IS Bindra Stadium, Mohali on the 13th April 2019 Photo by: Deepak Malik /SPORTZPICS for BCCI

नयाँ दिल्ली-   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजन सातौँ खेलमा आएर पहिलो जित हात पारेको विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरले सोमबार  मुम्बई इन्डियन्सको सामना गर्दै छ।

अघिल्लो खेलमा किङ्स-११ पन्जाबलाई हराएपछि प्रतियोगितामा फर्कन सक्ने बैंगलोरको झिनो सम्भावना देखिएको छ। यसका लागि बै‌ंगलोरले अबका बाँकी सबै खेल जित्नुको विकल्प छैन।

आठौँ तथा अन्तिम स्थानमा रहेको बैंगलोरको सात खेलबाट दुई अंक छ। शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्सको ८ खेलबाट १४ अंक छ। चौथो स्थानको टोली मुम्बई इन्डियन्सको सात खेलबाट ८ अंक छ। शीर्ष चार टोली दोस्रो चरणमा पुग्नेछन्।

पन्जाबको मैदानपछि बैंगलोरले मुम्बईको मैदानमा खेल्ने छ। मुम्बईले पछिल्लो खेलमा राजस्थान रोयल्ससँग चार विकेटको हार ब्यहोरेको थियो।

 

 

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्