विश्वकपका लागि भारतीय टोली : परेनन् लयमा रहेका रिसब पन्त

नयाँ दिल्ली- भारतले आसन्न एकदिवशीय विश्वकप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। लयमा रहेका रिसब पन्त टोलीमा अँटाउन सकेनन्। विकेटकिपर दिनेश कात्तिक र केएल राहुल भने अँटाएका छन्।

विजय शंकर र रविन्द्र जडेजा पनि टोलीमा छन्।   पन्तबाहेक अम्बाती रायूडु पनि टोलीमा छैनन्। छनोट समितिले सोमबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

पाँच एकदिवशीय खेल खेल्दै त्यसमा ९३ रनमात्र जोडेका पन्त यसपटक विश्वकप टोलीमा पर्ने अनुमान गरिएको थियो।

को को छन् भारतीय टोलीमा 

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन , केएल राहुल , विजय शंकर , महेन्द्रसिंह धोनी , केदार जादब , दिनेश कात्तिक ,  युज्वेन्द्र चाहल , कुलदिप यादब , भुवनेश्वर कुमार , जसप्रित बुमराह , हार्दिक पान्ड्या , रविन्द्र जडेजा र मोहम्मद सामी

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू