सुनौलीमा एक किलो सुनसहित नेपाली युवा पक्राउ

बुटवल-नेपालबाट भारततर्फ अवैध रुपमा सुन लैजाँदै गरेका एक नेपाली युवा भारतको सुनौलीमा पक्राउ परेका छन्।

रुपन्देहीस्थित नेपाल भारत सीमानाका भारतको सुनौलीमा एक किलो सुन सहित भैरहवाका एक युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) वडा नम्बर ९ प्रभातपथका ३८ वर्षीय धनवन्त कुमार अग्रवाल रहेको सशस्त्र सीमा सुरक्षा बल डण्डा हेडले जनाएको छ।

स्कुटीमा सुन लिएर भारततर्फ जाँदै गर्दा अग्रवाललाई पक्राउ गरिएको भारतीय सशस्त्र सिमा सुरक्षा बल डण्डा हेडका इन्सपेक्टर विकास रायले जानकारी दिए।

बरामद गरिएको एक किलो सुन बिस्कुट आकारको छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कारवाहीको लागि नौतनवा कस्टम विभागमा पठाइएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्