नेपालबाट विदेशी मुद्रा लैजान लाग्दा दुई पोलिस नागरिक एयरपोर्टबाट पक्राउ

बरामद भएको नेपाली तथा विदेशी मुद्रा।
काठमाडौं- विभिन्न देशका मुद्रासहित पोल्यान्डका दुई नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।
मेक्सिमिलियन वेजलोस्की र ज्याकुब स्टेस्की कतार एयरवेजमार्फत स्वदेशतर्फ लाग्दै थिए।
त्रिभुवन विमानस्थल प्रहरीले उनिहरुको साथबाट १९ हजार सात सय यूएस डलर, १० हजार दुई सय युरो र ५८ हजार नेपाली रुपैयाँ बरामद गरेको छ।