सगरमाथा आरोहणका लागि नेपाल, भारत र चीनकी महिलालाई विदाई

काठमाडौं-‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको तीन जना महिलालाई सोमबार बिदाई गरिएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल भ्रमण वर्ष २०२० को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाडौंमा एक कार्यक्रममा बीच विदाई गरिएको हो।

विज्ञापन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्तालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि विदाई गरे।

उनले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले सो आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पारे। सचिव सापकोटाले तीन वटै देशका नारीहरुको सफल आरोहणको नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

नेपालकी तामाङ यस अघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसक्नु भएको छ भने भारतकी दासको ६ हजार मिटर उचाईका विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेका छन्।

चीनकी मालेसगरमाथाको सफल आरोहण गरिसकेकी छिन्। यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर विदाई गरिसकेका थिए।

आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्‍न सफल पेम्बादोर्जे शेर्पाले गर्नेछन्।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्