विप्लव समूहका एक कार्यकर्ता बालाजुबाट पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताम्सालिङ सरकारका सूचना तथा सञ्चार प्रवक्ता रसुवाली कवि भनिने ठाकुरप्रसाद तिमिल्सेनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा उनलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो।

सरकारले प्रतिवन्ध लगाएपछि देशभर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ पर्ने क्रम बढेको छ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू