दुई तिहाई सरकार गैरजिम्‍मेवार, आन्दोलनको विकल्प छैन-राजकिशोर यादव

काठमाडौ-राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘दुई तिहाई सरकार जनताप्रति गैरजिम्‍मेवार बनिरहेको छ, अब बहुमतको दम्भ तोड्न आन्दोलनको अर्को विकल्प छैन। हामी यसबारेमा अन्‍य दलहरुसँग सहकार्य गर्ने योजनामा छौ।’

नेता यादवले दुई तिहाई बहुमतको सरकारले पनि सोचे अनुसार काम गर्न नसकेकाले विरोधमा आन्दोलनमा जाने निर्णय लिइएको पनि स्पष्ट पारे।

उनले सरकार विरुद्धको आन्दोलनलाई परिणाममुखि बनाउन अन्य दलहरुसँग पनि सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सुदृढीकरण हुने गरी आफ्नो कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराए।

नेता यादवले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको व्यवहार सबैलाई गर्न बाध्य बनाउने गरी आफ्नो पार्टीले बैचारिक अभियानको नेतृत्व गर्न चाहेको पनि बताए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्