चावहिलमा ॐ चावहिल डेण्टल अस्पताल सञ्चालनमा

काठमाडौँ-काठमाडौँको चाबहिलमा ‘ॐ चावहिल डेण्टल’ अस्पताल संचालनमा आएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका नाक, कान, घाटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा.प्रकाश बुढाथोकीले डेण्टलको उद्घाटन गरेका हुन्।

सबै वर्गलाई लक्षित गरी संचालनमा आएको डेण्टलले गुणस्तरीय सेवालाई पहिलो प्राथमिकतामा राखिने डेण्टलका अध्यक्ष कृष्ण घिमिरेले बताए।

वैशाख महिनाभर विरामीका लागि निःशुल्क चेकजाँच तथा उपचारका लागि १५ प्रतिशत छुट्को व्यवस्था गरिएको डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्मा बताए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्