एनएमबीले ल्‍यायो ‘सबैका लागि बचत, सधैका लागि सहारा’ खाता

काठमाडौं-‘खोलौ बैंक खाता ’अभियान अन्तर्गत ‘एक घर र एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दै ‘सबैका लागि बचत, सधैका लागि सहारा’ भन्‍ने नारासहित एनएमबी बैंकले सबैको सहारा बचत खाता सञ्‍चालनमा ल्याएको छ। ललितपुर कुपोनडोलस्थित एनएमबी बैंकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

बैंकमा खोलिने प्रत्येक खाता सबैको सहारा बचत खातामा बैंकको तफबाट एक सय रुपैँया खातामा जम्मा गरिनुका साथै प्रत्येक खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा संरक्षण गरिने एनएमबी बैंकले जनाएको छ।

जस अन्र्तगत खातावालाहरुको दुर्घटना वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, मुत्यु, क्यान्सर, मृगौला निस्कृयता, लिभरको रोग, मस्तिस्कघातक रोग, हृदयघातक रोग र प्यारालाइसिस लगायतका १८ गम्भीर रोगहरु मध्य कुनै एउटा लागेको खण्डमा खातावाला या नीजको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्मको बीमा रकम उपलब्ध गराइने एनएमबी बैंकका कार्यकारी प्रमुख सुनिल केसीले बताए।

उनले भने ‘बीमामा कुनै उमेर निर्धारण गरिएको छैन। खाता खोलेका सबैको जीवन बीमा गरिनेछ। यस अभियानको मुख्य उद्देश्‍य खेर गइरहेको पुँजीलाई संकलन गर्नु पनि हो।’

यसका साथै खातावालाले वार्षिक ६.५ प्रतिशत व्याजदर पाउने छन्।त्यसैगरी निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिंङ्ग, निशुल्क एन्टरनेट बैंकिङ्ग र डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरीका जुनसुकै एटिएमबाट निशुल्क रकम फिक्न सकिने कार्यकारी प्रमुख सुनिल केसीले बताए।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्