सरकारले 'सगरमाथा डाइलग’ नामक कार्यक्रम सञ्‍चालन गर्ने

मन्त्रिपरिषद् निर्णय: हरेक वर्ष वैशाख २ गते विद्यार्थी भर्ना दिवस

काठमाडौं- सरकारले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन हरेक वर्ष वैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाउने घोषणा गरेको छ।

सोमबार साँझ बसेको मन्त्रीरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले देश सञ्‍चारलाई बताए।

उनका अनुसार अवको दुई साता भर्ना अभियानका रुपमा मनाउने उद्देश्य राखिएको छ।

सरकारले यो वर्ष १० लाख बालबालिकाललाई विद्यालय भर्ना गर्ने सोच राखेको छ।

‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षितको देश बनाऔ’ भन्ने नाराका साथ सरकारले आजदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको हो।

तर १५ वर्ष अघि नै सुरु भएको यो अभियानलाई प्रभावकारी बनाउने विशेष कार्यक्रम गर्न थालिएको मन्त्री पोखरेलले बताए।

यस्तै सरकारले समसायिक मुद्दामा ‘सगरमाथा डाइलग’ नामक कार्यक्रम सञ्‍चालन गर्ने भएको छ।

‘डाइलग’का मुद्दाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै हुने बताइएको छ। तर यो ‘डाइलग’ सञ्चालनबारे कार्यविधि निर्माण भने बाँकी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सुनाएको मन्त्री बताए।

त्यसका लागि तत्कालै एक कार्यविधि निर्माण गर्ने तयारी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गरेको छ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू