दशरथ रङ्गशालामा आईएमई जेटीआई टेनिस टुर्नामेन्ट सुरु

काठमाडौँ– आईएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण सुरु भएकोछ। आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिष्पर्धीहरू सहभागी हुनेछन्।

तीन लाख २६ हजार पुरस्कार राशिको एकल प्रतियोगिताको उद्घाटन सोमबार दशरथ रङ्गशालामा भएको छ। उद्घाटन आईएमई फाउन्डेसनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पुर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा गरे।

८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले भागलिने उक्त प्रतियोगिता शनिबारसम्म दशरथ रङ्गशालामा संचालन हुनेछ।

 

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्